देशमा आर्थिक–सामाजिक विकास हुँदैछ: प्रधानमन्त्री

ताजा समाचार राजनीति

सुनसरी/प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन् ।

नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिबार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताए ।

”हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ । बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा विनम्रता हुनुपर्छ । घमण्ड हुनु हुँदैन”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीकसँग प्रयोग गर्न सकेमा सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, ”जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ ।”

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सधैं अपनाउन र मानव हितलाई केन्द्रमा राखेर पृथ्वीलाई जोगाउन आग्रह गरे । जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले मुलुकमा जेसिजको विस्तार भएकामा त्यसको सराहना गरे ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *