स्वयम् सेवक शिक्षक राखेर विद्यालय खुलाउन माओबादी केन्द्रको ध्यानाकर्षण

Share

दमक \ स्वयम् सेवक शिक्षक राखेर विद्यालय खुलाउन माओबादी केन्द्र दमक नगर समितिले दमक नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्दै नेकपा माओबादी केन्द्र दमक नगर समितिले विद्यालय खुलाउन दमक नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

शुक्रबार नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापन पत्र बुझाउँदै माओबादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेतले विद्यार्थीको भविश्यलाई हेरेर विद्यालय खोल्न नगरपालिकाले चासो देखाउनुपर्ने बताए । माओबादी केन्द्र नगरसमितिद्धारा जारी ध्यानाकर्षण पत्रमा शिक्षकहरुको आन्दोलनले निकास नपाउँदासम्म नगरले नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा स्वयम्सेवक शिक्षक खटाएर विद्यालय सञ्चालन गनुपर्ने उल्लेख गरेको छ ।

पत्रको दोस्रो बुँदामा आवश्यक योग्य र दक्ष शिक्षक नेकपा माओवादी केन्द्र दमक नगर समितिले उपलब्ध गराउने पनि भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै उपप्रमुख भट्टराईले लामो अवधी शिक्षा क्षेत्रलाई बन्दक बनाउँन नसकिने भएकाले चाँडै निकास खोजिने बताइन् । नगरपालिकामा ज्ञापनपत्र बुझाउँन नगर समिति अध्यक्ष रवि बस्नेत, नगर इन्चार्ज बेदु गौतम लगायत नगर समितिका पदाधिकारीहरु सामेल रहेका थिए ।

ताजा समाचार