एमालेको नयाँ सदस्य लिन आधारभूत परीक्षा अनिवार्य

ताजा समाचार राजनीति

काठमाडौं ।नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पुर्‍याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।

२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ ।

भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लागू गर्ने एमालेको तयारी छ ।

०८२ को नवीकरण र विस्तारमा वडामा मतदाता संख्याको कम्तीमा ३ प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पु¥याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने ।

पार्टी सदस्यता विस्तार गर्दा आधारभूत वर्गबाट बढीभन्दा बढी पार्टी सदस्य निर्माण गर्ने विषयमा विशेष ध्यान दिने, पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कूल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्‍याउने गरी योजना बनाई कार्यान्वयन गर्ने एमालेको कार्यायोजनामा उल्लेख छ ।

सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने ।

नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने, राजनीतिक ध्रुवीकरणको नीतिअनुरूप पार्टी प्रवेश गरेकाहरूको पार्टी सदस्यताको अभिलेखीकरणको काम प्रवेश गरेको तीन महिनाभित्र अनिवार्य रूपमा गर्ने, नयाँ र प्रवेशबाट थपिएका सदस्यहरूबाट एक वर्षका लागि तोकिएअनुसारको शुल्क सम्बन्धित कमिटीमा बुझाउनुपर्ने भएको छ ।

पार्टीको ११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्‍याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थाअनुरुप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने,

पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यहरूको विवरण माथिल्लो कमिटीमा बुझाउँदा शुल्क बुझाएको भौचर र कमिटीबाट प्रमाणित गरी नाम, ठेगाना र अन्य विवरण स्पष्ट खुल्ने गरी तोकिएअनुसारको ढाँचाको विवरणसमेत बुझाउने योजनामा उल्लेख छ ।

सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण गर्दा कमीकमजोरी नहोस् भन्ने कुरामा विशेष ध्यान दिने ।

सबै प्रक्रियालाई विधिसम्मत् र पारदर्शी बनाउने, आगामी वर्षदेखि अभिलेखीकरणको काम संगठन विभागको निर्देशनअनुरूप अनलाईनमार्फत् गर्ने÷गराउने ।

यस वर्षको हकमा संगठन विभागको योजनाअनुरूप जिल्ला कमिटीले विशेष टिम परिचालन गरी सम्पन्न गर्ने, पार्टी प्रवेशबाट आएका र नयाँ सदस्यता प्राप्त गरेका सबै पार्टी सदस्यका लागि अनिवार्यरूपमा आधारभूत तहको प्रशिक्षणको व्यवस्था मिलाउने, जिल्ला कमिटीले सदस्यहरूको मागका आधारमा तोकिएको ढाँचामा पार्टी सदस्यता कार्ड मुद्रण गरी वितरण गर्ने भएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *