दमकमा भएको हत्याका अभियुक्त १४ वर्षपछि पक्राउ

ताजा समाचार हाम्रो झापा

दमक
झापाको दमकमा भएको १४ वर्षअघिको हत्यामा संलग्न सुजन बेघालाई प्रहरीले पक्राउ गरेको छ । दमक– १० (साविक) का खगेन्द्र राईको हत्यामा संलग्न पाँचथर च्याङ्थापु घर भई दमकमा बस्दै आएका बेघालाई हत्या भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

सुजनलगायतको समूहले २०६७ जेठ २९ गते कुटपिट गर्दा राईको मृत्यु भएको थियो । बेघाको समूहले पाथीभरा सिनेमा हल नजिक कुटपिट गर्दा घाइते भएका राईको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । २०६७ असार १४ गते उपचारका क्रममा राईको मृत्यु भएपछि बेघा फरार भएका थिए ।
बेघालाई २०७५ साल भदौ २ गते सर्वोच्च अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जन्म कैदको फैसला भए पनि बेघा फरारको सूचीमा रहेका थिए । फरार अभियुक्त खोजतलासको क्रममा भदौ १३ गते बेघालाई कीर्तिपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *