इलाम २ मा रास्वपाको उम्मेद्धारी मिलन लिम्बु

ताजा समाचार निर्वाचन राजनीति

झापा — राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ।

बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

‘इलाम २ का लागि प्राइमरी इलेक्सनको सूचीमा राखिएका ६ जनालाई बोलाएर छलफल गरेका थियौँ’, रास्वपा उच्च स्रोतले भन्यो, ‘उक्त छलफलपछि मिलन लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।’
लिम्बू नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको तयारीमा थिए। तर रास्वपा सभापति रवि लामिछानेले उनलाई इलाम २ को टिकट दिने बचनसहित संवाद गरेका थिए।
गत निर्बाचनमा नेकपा एमालेबाट निर्बाचित सुबास नेम्बाङको गत भदौ २६ मा निधनपछि सो क्षेत्रमा उपनिर्बान हुदैछ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *