दमकमा श्रीकृष्ण रथयात्राको तयारी तिब्र

Share

१ भाद्र,दमक ।कृष्ण जन्माष्ठमीको अबसरमा बिगत बर्षझै यसपटक पनि रथयात्रा निकाल्न तयारी तिब्र पारिएको छ ।आगामी भाद्र ११ गते नकाल्ने गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ ।
दमक नगरपालिकाको संरक्षकत्वमा हुन लागेको श्रीकृष्ण रथयात्रा ब्याबस्थापन समितिले सदाका लागि, सबैका लागि ऐतिहासिक श्रीकृष्णको रथ दमक नगरिमा परिक्रमा गराउन सबैको साथ र सहयोगका लागि आग्रह गर्दै आएको समितिका अध्यक्ष रोहित आर्चायले जानकारी दिनुभयो ।
रथयात्राको ब्याबस्थापन लागि बिभिन्न उपसमितीहरु नै गठन गरेर पत्रचार गरि जिम्मेवारी सुम्पिएको र ती उपसमितीहरुले आ—आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको अध्यक्ष आर्चले बताउनु भयो ।
दमकको रथयात्रामा सबै समुदायको सहभागिता जुटाउन पत्रचार गरि कामको जिम्मेवारीपूर्बक सबैतिर काम भइरहेको मूल समितीका सचिब प्रम भट्टराईले बताउनुभयो

ताजा समाचार