झापामा ६ जनप्रतिनिधिको पद रिक्त ,एउटाको मात्र उपनिर्वाचन हुने

ताजा समाचार निर्वाचन हाम्रो झापा

झापा। झापामा पालिका अध्यक्ष र वडाध्यक्षसहित ६ जना जनप्रतिनिधिको पद रिक्त छ । त्यसमध्ये एउटा पदका लागि मात्र उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षको रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो। झापामा झापा गाउँपालिकाका अध्यक्ष , कन्काई नगरपालिकाका वडा नं ६ का वडाध्यक्ष , बिर्तामोड १० का वडा सदस्य, बिर्तामोड ६ की दलित महिला सदस्य , बिर्तामोड ९ का वडा सदस्य र झापा गाउँपालिका वडा नं ६ का वडा सदस्य पद रिक्त छ । त्यसमध्ये कन्काई नगरपालिका वडा न। ६ को वडाध्यक्ष पदका लागि मात्र उपनिर्वाचन हुन लागेको हो ।

कनकाई नगरपालिका ६ का वडा अध्यक्ष दिर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असार २ गते निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो । थापाको निधनपछि वडा सदस्य अर्जुन राजवंशीले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेपछि उनको पद रिक्त छ । गत वर्षको असारको अन्तिमतिर झापा गाउँपालिकाका अध्यक्ष साह निलम्बनमा परेका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धामा साहसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा परका हुन्।

गाउँपालिकाका अध्यक्षसहित वडा सदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास र सबइन्जिनियर विज्ञान चम्लागाईं निलम्बनमा परेको गाउँपालिका स्रोतले बताएको छ । अध्यक्ष निलम्बनमा परेपछि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । विशेष अदालतको सो निर्णयविरुद्ध शाहले सर्वोच्चमा मुद्धा हालेका छन् । जुन विचाराधिन छ ।

त्यस्तै बिर्तामोड नगरपालिकाका तीनजना जनप्रतिनिधि वैदेशिक रोजगारीमा गएका छन् । बिर्तामोड १० का वडा सदस्य पंचधन राई , बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक र बिर्तामोड ९ का वडा सदस्य चन्द्र दंगाल जिम्मेवारी छोडेर वैदेशिक रोजगारीमा गएका हुन् ।

जनप्रतिनिधिको मृत्यु भएको र निलम्बनमा परेको जानकारी भएपनि जिम्मेवारी छाडेर विदेश गएको विषयमा जिल्ला निर्वाचन कार्यालयलाई खासै जानकारी नभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । एक वर्षमै रिक्त भएपनि वडा सदस्य पदको लागि उपनिर्वाचन गराउने व्यवस्था नरहेको उनको भनाई छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *