बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

अन्तर्राष्ट्रिय ताजा समाचार

काठमाडौ ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । आरक्षण विरोधी आन्दोलन चर्किएर सोमबार स्थिति नियन्त्रण बाहिर गएपछि हसिनाले राजीनामा दिएकी हुन् ।
राजधानी ढाकामा करिब चार लाख आन्दोलनकारी सडकमा उत्रिएर नियन्त्रण बाहिर गएसँगै उनले राजीनामा दिएकी हुन् ।

हसिनाले प्रधानमन्त्रीको सरकारी निवासमेत छाडिकसेकी छिन् । समाचार एजेन्सी एएफपीले सूत्रलाई प्रयोग गर्दै उक्त जानकारी दिएको हो ।

हसिना ढाका छाडेर सुरक्षित स्थानमा गइसकेकी छिन् । उनीसँग उनकी बहिनीसमेत साथमा रहेकी छिन् ।

मिडिया रिपोर्टअनुसार हसिना सेनाको हेलिकोप्टरमा सवार रहेर भारत पुगेकोसमेत बताइएको छ ।

उनी पश्चिम बंगालमा गएको बताइए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

बंगलादेशमा चलेको आरक्षणको विरोधका कारण तीन सय भन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।

सेना प्रमुख जनरल वकार–उज–जमानले हसिनाले राजीनामा दिएको पुष्टि गर्दै सबै दलसँगको सहमतिमा अन्तरिम सरकार बनाउने बताएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *