झापा/नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हाे।
एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ।
यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेको थियो। साथै, मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताउनुभयो। त्यस्तै, केन्द्रीय कमिटीमा १७ जना मनोनीत भएका छन्।
यस्तो छ कार्यविभाजन
- केपी शर्मा ओली, अध्यक्ष : पार्टीको समग्र नेतृत्व
- ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष : प्रमुख, नीति अनुसन्धान प्रतिष्ठान संयोजन, नीति तथा योजना सम्वद्ध विभागहरु
- युवराज ज्ञवाली, उपाध्यक्ष : प्रदेश तथा स्थानीय तह समन्वय संयोजन, मानवश्रोत सम्वद्ध विभागहरु
- अष्टलक्ष्मी शाक्य उपाध्यक्ष : राजनीतिक समन्वय संयोजन, सामाजिक विकास सम्वद्ध विभागहरु
- रामबहादुर थापा, उपाध्यक्ष : कुटनीतिक सम्वन्ध तथा राष्ट्रिय सुरक्षा संयोजन, कृषि तथा उद्यमशिलता सम्वद्ध विभागहरु
- विष्णुप्रसाद पौडेल, उपाध्यक्ष : पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन, पार्टी सम्वद्ध विभागहरु
- सुरेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष : राजकीय मामला संयोजन, पूर्वाधार तथा विकास सम्वद्ध विभागहरु
- गुरुप्रसाद बराल, उपाध्यक्ष : संसदीय मामला, संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरु
- शंकर पोखरेल, महासचिव : पार्टीको संगठनात्मक कामको संयोजन
- प्रदीप ज्ञवाली, उपमहासचिव : प्रमुख, पार्टी स्कुल विभाग
- पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव : मन्त्री
- विष्णु रिमाल, उपमहासचिव : प्रमुख, निर्वाचन विभाग प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभाग
- गोकर्णराज विष्ट, सचिव : प्रमुख, भौतिक पूर्वाधार तथा यातायात विभाग
- योगेश भट्टराई, सचिव : प्रमुख, संसदीय विभाग
- रघुवीर महासेठ, सचिव : प्रमुख, परराष्ट्र मामिला विभाग
- छविलाल विश्वकर्मा, सचिव : प्रमुख, स्थानिय विकास विभाग
- पद्माकुमारी अर्याल, सचिव : इञ्चार्ज, लुम्विनी प्रदेश
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



