काठमाडौं-नेकपा एमालेमा प्रदेश इन्चार्जहरु जिम्मेवारी हेरफेर गरिएको छ। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो।
बिहीबार बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ।
यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो।
कुन प्रदेशमा को ?
शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



