एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

ताजा समाचार राजनीति

झापा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिरामचन्द्र पौडेलले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो। सो आह्वान लगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

ओलीको शपथग्रहण भने भोलि सोमबार मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ। गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न सहमति भएको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *