बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

ताजा समाचार देश

जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद -उल -अजहा का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ुनेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद – उल -अजहका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छु ।

बक्र इद पर्व इस्लाम धर्मालवम्बीहरूका लागि रमजानपछिको दोस्रो ठूलो चाड हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न उनीहरूको धर्मले जायज मानेका जनावरलाई कुर्बानी बलि दिने गर्दछन्।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *