पहिरोमा परी ताप्लेजुङमा एकै घरका ४ जनाको मृत्यु

ताजा समाचार स्थानिय

ताप्लेजुङ ।

बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको रावलले बताएका छन् ।यसअघि सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *