झापा ।
कोशी प्रदेशमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको मिसिल कागजात झिकाउन आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
नेकपा एमालेका प्रदेश सांसद हिक्मत कार्की गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए।
यसरी हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा वैशाख २७ गते नै रिट दायर गरेका थिए।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



