इलाममा पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु

ताजा समाचार

झापा ।

इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५, बरबोटका २३ वर्षे तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए । 

प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ जाँदैगरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का २० वर्षे चालक अभिशेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ । 
 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *