पाडाजुँगीमा भएको सडक दुर्घटनामा दुई घाइते

ताजा समाचार

झापा/झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी अस्पताल बिर्तामोडतर्फ ल्याएको छ ।

हिजो अपराह्न कमलको पाडाजुँगीमा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकललाई मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय शिक्षक देवराज बस्नेतले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *