नेता दाहालको प्रश्न ३१ दिनलाई ९१ दिन बनाउनुको उपादेयता के हो ?

ताजा समाचार राजनीति

झापा/नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा कानून कार्यान्वयन गर्ने अवधी ३१ दिनबाट ९१ दिन बनाउँदै कसरी लम्ब्याईयो भनि प्रश्न गर्नु भएको छ ।
शुक्रबार राष्ट्रिय सभामा भएको छलफलमा खाद्य ऐन २०२३ लाई विस्थापित गरि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ ल्याईएको उल्लेख गर्दै सो प्रश्न गर्नु भएको हो । राष्ट्रिय सभाको विधायन समितिमा लामो छलफल पछि सो कानून आएको उल्लेख गर्दै उहाँले छलफलका क्रममा ५६ बुँदामा प्रतिवेदन पेश गरेको समेत स्मरण गराउनुभयो ।
संवोधनका क्रममा उहाँले यो जिज्ञासाको जवाफ कस्ले दिने हो भन्दै प्रश्न गर्नुभयो, ‘राष्ट्रिय सभाले यो ऐन तुरुन्त लागु हुने छ भन्ने कुरालाई नियमावली लगायतका विषयहरुमा समय दिनु पर्ने भएकाले ३१ औ दिन भन्ने उल्लेख गरिएको थियो । तर प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले त्यसलाई बढाएर ९१ औ दिन बनाईएको रहेछ, यसको उपादेयता के हो ?’
बजारमा बेच्च राखिएका खाद्य बस्तुबाट मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असर रोक्न र खाद्यान्नका नाममा अखाद्यय र गुणस्तरहिन खाद्य बस्तुको नियमन गर्न यो ऐन ल्याईएको समेत उहाँले बताउनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *