बिर्तामोडको कृषिथोक अघोषित गठबन्धनको बन्दी बन्यो : एमाले

ताजा समाचार राजनीति स्थानिय हाम्रो झापा

झापा/नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन गरेको भन्दै भत्सर्ना गरेको छ ।

एमालेले भनेको छ, हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्सर्ना गर्दछ । बुधबार गर्ने भनिएको निर्वाचन समितिको निर्णयलाई सर्वदलीय बैठकको नाटक मञ्चन गरी नेकपा (एमाले) बाहेक वर्तमान सत्ता गठबन्धन र राप्रपा समेतले निर्वाचन नगर्न भनेको आधारमा षड्यन्त्रपूर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालीन रुपमा निर्वाचन स्थगन गरेको छ ।

नेपाली कांग्रेस सत्ता गठबन्धन लगायत कृषिथोक बजार व्यवस्थापन समितिको निर्वाचनका क्रममा बनेको अघोषित गठबन्धनको निर्लज्ज व्यवहार र निर्णयको बन्दी बनेको निर्वाचन समितिले तुरुन्त आफ्नो निर्णय सच्याउनुपर्ने एमालेको धारणा छ । निर्वाचन सुचारु नगरी कानुन विपरीत ढंगले निर्वाचन समिति अगाडि बढेको खण्डमा त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवार स्वयम् निर्वाचन समिति र मौजुदा व्यवस्थापन समिति हुने एमालेले जनाएको छ ।

निर्वाचन मार्फत समिति गठन नहुँदा कृषक, व्यापारीहरुको दिन दैनिक, समस्या समाधान गर्ने निकाय नहुने हुँदा त्यसबाट आम कृषक, व्यवसायी माथि पर्न जाने मर्काप्रति नेकपा (एमाले) सचेत छ, एमाले झापाका सचिव शिव ढुङ्गेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । व्यवसायी र कृषकहरु स्वयम् निर्वाचित भै समिति गठन गर्ने प्रक्रिया अवरुद्ध गरी आम व्यवसायीहरुको अधिकार कुण्ठित भएको नेकपा (एमाले) को ठहर छ । आम किसानहरु र कृषिजन्य वस्तुको व्यापार गर्ने व्यापरी वर्गको हित रक्षाको लागि नेकपा (एमाले) जस्तासुकै कदम चाल्न तयार रहेको जनाएको छ । निर्वाचन प्रक्रिया अगाडि नबढाएको खण्डमा आन्दोलन तथा कानुनी उपचारका लागि नेकपा (एमाले) अघि बढ्न कसैले रोक्न नसक्ने चेतावनी समेत दिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *