प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य निरौलालाई मातृशोक

ताजा समाचार

झापा-प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य राम निरौलालाई मातृशोक परेको छ ।

उनकी ७० वर्षीया आमा हेमकला निरौलाको आज विहान साढे ९ कनकाई नगरपालिका–७ स्थित निजी निवासमा निधन भएको हो ।

स्व. हेमकलाका पति टिकाराम निरौला, एक छोरा राम निरौला र सात जना छोरीहरु छन् । राम निरौला सुरुंगा प्रेस क्लबका अध्यक्ष, कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक हुन् ।

स्व. हेमकला मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बरालको सासुआमा समेत हुन् । स्व. हेमकलाको आजै साँझ कनकाई घाटमा अन्त्यष्टि गरिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *