गिरीलाई अध्यक्ष बनाउने सहमति भएको दावी, ढुंगेलले भने–‘थाहा छैन’

ताजा समाचार राजनीति हाम्रो झापा

झापा -नेकपा एमाले झापाको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास निर्णय नजिक पुगेको बताइएको छ ।

आज सुरु हुने ११ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुने कार्यक्रम भएकाले सहमतिमै मुख्य पदहरु टुंग्याउन अगुवा नेताहरु लागेका हुन् ।

अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलको दावी रहेकोमा गिरीलाई अध्यक्ष बनाउने सहमति भएको गिरी पक्षीय एक नेताले दावी गर्नुभयो ।‘अध्यक्षमा प्रेम गिरी र सचिवमा तुलसी कार्की भन्ने सहमति भएको छ,’ ती नेताले भन्नुभयो–‘अरु पदमा कुरो मिलिसकेको छैन । हेरौं भरेसम्ममा एउटा प्रष्ट हुनसक्छ ।’तर, अध्यक्षका दावेदार नेता शिव ढुंगेलले आफुसँग कुनै सहमति नभएको बताउनुभयो । ‘मैले नेतृत्वमा जाने कुरा सबैलाई भन्दै आएकै छु,’ उहाँले भन्नुभयो–‘कहाँ, कसले र कसरी सहमति गरेको हो, त्यो मलाई थाहा भएन ।’

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *