उदयपुरमा जीप दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते

ताजा समाचार समाज

झापा-धरानबाट भोजपुरतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

धरानबाट भोजपुरको जाँदै गरेको को १ ज २५९३ नम्बरको  बोलेरो गाडी उदयपुरको मैनामैनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बोलेरो भिरबाट करिब २०० मिटर तल खसेको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ बालक, ३ महिला र २ पुरुष रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ । 

त्यस्तै घाइतेहरुको उद्धार गरी उपचारका लागि घोपा क्याम्प लगिएको प्रहरीले जनाएको छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *