नेकपा एकीकृत समाजवादी चुलाचुलीको बिस्तारित बैठक सम्पन

Share

दमक — नेकपा एकिकृत समाजबादीको चुलाचुली गाउ कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ ।
बिहिबार चुलाचुली वडा नं २ को कार्यलयमा सम्मन्न बैठक गााउ कमिटी अध्यक्ष नारायण लावतीको अध्यक्षता र संबिधान सभा सदस्य तथा पोलिटब्युरो सदस्य गणेश कुमार काम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रिय सदस्य मिसन चाम्लिङ र रुद्र कुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा विशेष अतिथिको तर्फबाट मन्तब्य राख्दै केन्द्रिय सदस्य खिनु ल्वङवा लिम्बुले पार्टीको निर्देशिका र उद्धेश्य माथि प्रकाश पार्दै पार्टीको आगामी कार्ययोजना प्रश्तुत गरेकी थिईन । यस्तै उनले नेपाललाई समृद्धिको बाटोमा लैजान समाजबादी चिन्तन हुनुपर्ने बताईन ।

यस्तै बैठकका प्रमुख अतिथी काम्बाङले नेपालमा कम्युनिष्ट पार्टीले आफ्नो सिद्धान्त बोक्न छाडेको र बिगतमा आफ्नो पार्टीका तत्कालिन अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सिद्धान्त बिपरित गई संसद बिघटन जस्ता घटनाले आफूहरु छुट्टिन बाध्य भएको बताएका थिए ।
यस्तै उनले नेपाल समाजबाद कै बाटोमा समृद्ध बन्ने र त्यसका लागि बैज्ञानिक कृषि प्रणली,पर्यटन प्रर्बधन,बिधुत उत्पादन र तीन खम्बे अर्थनीति लागू गर्नुपर्ने बताएका थिए ।

यस्तै बितारित बैठकमा बिभिन्न पार्टी परित्याग गरि तीन दर्जन बढीले पार्टी प्रवेश गरेको एकृकीत समाजवादीका केन्द्रिय सदस्य मिसन राईले जानकारी दिनुभयो ।
ईलाम जिल्ला जिसस उपप्रमुख चित्रकला बराईली, प्रदेश कमिटी सदस्य पूर्णकुमार चाम्लिङ,रुद्रबहादर बस्नेत, मिसन राई लगायत नेता कार्यकर्ता सहभागि कार्यक्रममा स्वागत मन्तब्य राज कुमार राईले राखेका थिए ।
संगठन बिस्तार अभियानका संयोजक काम्बाङ सहितले पार्टीको कार्ययोजना तयार पारी बैठक सम्पन्न भएको प्रदेश कमिटी सदस्य पूर्ण चाम्लिङले बताए ।

ताजा समाचार