सदस्य सङ्गै सिम्रीक सहकारी

Share

झापा — छोटो समयमै झापाकै उत्कृष्ट एवं प्रतिष्ठित सहकारीको रुपमा स्थापित सिम्रीक बचत तथा ऋण सहकारी संस्था लि।ले आज शुक्रबार सदस्य सँग सहकारी शिक्षा कार्यक्रम सुन्दरहरैचा (१० , खोर्सानेमा आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत समुदाय र सदस्य स्तरमा समुदायमा सदस्यहरु सँगै सदस्यहरुको विचमा बसेर जानकारी तथा भलाकुसारी गरेको छ ।

सदस्य शिक्षा कार्यक्रममा सदस्यका कुरा, सुझाव तथा आग्रह र अनुरोधलाई उच्च महत्व दिई संस्थागत विकासका लागि अपनत्व ग्रहण गर्न प्रेरणा प्रदान गरी संस्थाले सदस्य केन्द्रित भई खुसि एवं स्वस्थ सदस्य निर्माणका लागि सञ्चालन गरेका गर्भदेखि स्वर्ग सम्मका वित्तीय तथा गैर वित्तिय कार्यक्रमहरुको वारेमा जानकारी आदान प्रदान गरिएको सस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।

दैनिक जीवन यापनमा आईपरेका व्यक्तिगत तथा पारिवारिक समस्या समाधानका लागि उपायहरु प्रदान गरिएको थियो । विशेषगरि बचत, ऋण, रेमिट्यान्स र विमा कार्यक्रमहरु वित्तिय कार्यक्रम अन्तरगत राखिएको छ भने गैर वित्तिय कार्यक्रमहरु सामाजिक सुरक्षा सँग सम्बन्धित छन् । सामाजिक सुरक्षा अन्तरगत बिद्यालय पोसाक तथा किताब बोक्ने झोला ,शैक्षिक सामाग्री , बीउ बिजन बितरण , गरिव तथा असाहयहरुलाइ कम्बल वितरण ,स्वास्थ शिविर तथा बिरामी हुदा एव सदस्य मृत्युहदा राहत रकम वितरण लगायत रहेका जानकारी गराइएको थियो ।त्यसैगरी, व्यवसायिक तथा सिपमुलक तालिम, निरन्तर सदस्य केन्द्रित वित्तिय, स्वास्थ्य तथा प्रविधि शिक्षा, मोवाईल बैन्किङ सेवा, सदस्य स्वास्थ्य विमा, सदस्य सर्वेक्षण , स्थानीय प्रतिष्ठित अस्पतालहरुमा सदस्यहरुलाई उपचारमा विशेष सहुलियतको व्यवस्था लगायतका विषयहरुमा सदस्यहरुलाइ शिक्षा प्रदान गरीएको शिक्षा समिती सम्योजक मेहरमान विस्टले जानकारी दिए ।

विधिले सञ्चालन हुनु पर्छ व्यक्तिले होईन भन्ने मान्यतालाई शुरुवात देखिनै अबलम्बन गर्दै आएको यस सस्था सुसाशनमा पनि अब्बल रहेको तथा संघिय सरकार अन्तरगत सहकारी विभागको प्रत्यक्ष नियामन तथा नेपाल राष्ट्र बैंकसमेतको सुपरिवेक्षीण रहेकाले पनि वित्तिय क्षेत्रमा अनुकरणीय रहेको यस संस्थाको सदस्य शिक्षा कार्यक्रमममा कार्यकारी प्रमुख कमल बाहादुर बस्नेत , कर्जा बिभाग प्रमुख कृश्न कडेरीया , आइटी बिभागका विजय पाण्डे ले स्दस्यहरुलाइ सहजीकरण गरेका थिए भने कार्यक्रम सन्चालन तालिम बिभाग प्रमुख बिजय बस्नेतले ,स्वागत मन्तव शिक्षा समिती सदस्य बद्री प्याकुरेल र सभापतित्व शिक्षा समिती सम्योजक मेहरमान विस्टले गरेका थिए ।

ताजा समाचार