सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै कांग्रेसका २२ नेताको पुरक प्रस्ताव

Share

झापा —नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यहरूले सनातन हिन्दु राष्ट्रका पक्षमा पार्टी उभिनुपर्ने भन्दै पुरक प्रस्ताव पेश गरेका छन्।

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले विशेष पुरक प्रस्ताव भन्दै सनातन हिन्दु राष्ट्रका पक्षमा दृढतापूर्वक उभिन माग गरेका हुन्।

शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, शुक्रराज शर्मा, पुष्प भुसाल, शारदा पौडेल, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डिला संग्रौलासहितले पुरक प्रस्ताव पेश गरेका छन्।

ताजा समाचार