दमक/गत माघ २२ गते स्काउट मास्टरहरुबाट चुनिएका स्थानिय स्काउट परिसदका सदस्यहरुबाट सर्वोदय अङ्ग्रेजी मा वि का भाइस प्रिन्सिपल साजन श्रेस्ठ स्थानिय स्काउट दमकका आयुक्त चुनिएका छन ।
श्रेष्ठको नेतृत्वमा स्थानिय स्काउटमा पुरुष तर्फ किरण बुढाथोकी, तनिसक थापा,प्रदिप खड्का र विपल लुहार रहेका छन् । यसै गरी महिलाहरुमा मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल,अदिति निरौला र आरती श्रेष्ठ रहेको स्थानीय स्काउट परिषद दमकको तदर्थ समितिका संयोजक तथा हिमालय मावि दमकका पूर्व प्रधानध्यापक ओम प्रसाद आचार्यले जानकारी दिनु भयो ।
नव नियुक्त परिषदका सवै पदाधिकारी तथा सदस्यहरुका आजै दमक १ स्थित दुर्गा मन्दिर परिसरमा एक कार्यक्रमका बीच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख तथा स्काउटका संरक्षक राम थापाले सपथ ग्रहण गराउनु भएको थियो भने आजै सदस्यहरु कार्यक्रममा सुनुवार र खड्कालाई पदक समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख थापा,नेपाल स्काउट राष्ट्रिय तालिम दलका प्रशिक्षक सकुन्तला सुब्बा, किरण बुढाथोकी र सुनम सिग्देलले स्काउटको विषयमा धारण राखेको स्टाउट रेन्जर आकृति बस्नेतलेले जानकारी दिनु भयो ।
नव नियुक्त श्रेस्ठले आफ्नो कार्यकाल सुनौलो रहने बताए । उनका अनुसार एक विद्यालय एक स्काउट ट्रुप को अवधारणा लाई बिकास गरि समग्र विद्यार्थीहरुलाइ स्काउटको मर्म अनुसार लागू पदार्थ बिरुद्दको अभियानमा सरिक गराई नैतिकवान बनाउदै रास्ट्रको अब्बल नागरीक बनाउन आफ्नो भुमिका रहने बताए । श्रेस्ठ बिगत सात बर्षयता सर्बोदयको भाइस प्रिन्सिपलको जिम्मेवारीमा रहेका छन ।
