झापा/ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन् ।
६ दिनदेखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधिहरू यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनसनमा बस्दै आएको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा.ओम शान्ति रजतले जानकारी दिए ।
२४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरू बढुवा प्रक्रियाको माग गर्दै प्रतिष्ठानमा पठनपाठन अवरुद्ध गर्दै आएपछि प्रतिष्ठानका विद्यार्थीहरूले विद्यार्थीहरूले पढ्न पाउनुपर्ने माग राख्दै बाध्य भएर रिले अनसनमा बसेको उनले बताए ।पछिल्लो समय प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीहरूको बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै आन्दोलनरत भइरहेकोमा गत कार्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरूको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोकसेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिइ बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमत भएको थियो ।
उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि गत २४ दिन देखि करिब १५ वर्ष देखि रोकिएको आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न दबाब दिन पठनपाठन बन्द गरी शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले भद्र अवज्ञा गर्दै आन्दोलित भएको बताएका छन् ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



