गठबन्धनका कारण देश गम्भीर अवस्थामा छः केपी ओली

राजनीति

झापा/एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।
बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए। उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए। अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए।

एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेको बताए। उनले गठबन्धनका दलबाट देश बनाउने कुराभन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए।

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न आग्रह गरे। योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए। अहिले गठबन्धनले क्षमता हरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाए। ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *