बिर्तामोड वाणिज्य संघको चुनाबी गठबन्धनमा एमाले, सहित चार दल एकै स्थानमा,राप्रपा लगायतका दलसँग पनि छलफलमा

स्थानिय हाम्रो झापा

झापा /विर्तामोड उद्योग वाणिज्य संघको फागनु १४ गते हुने चुनावमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका उधोगी व्यवसायी एक भएर प्रतिष्पर्धामा उत्रने भएका छन् ।

आज विर्तामोडमा दलका नेताका साथ भेला भएका उधोगी व्यवसायीले अधिकतम सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् ।

कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती तथा जनता समाजवादी पार्टीबाट गौरिमान राई र अभिषेक राई रहनु भएको छ ।

कार्यदलले अरु राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने नेकपा एमालेका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा झापा २ का इञ्चार्ज एवम् प्रदेशसभा सांसद एकराज कार्कीले जानकारी दिनुभयो ।

कार्की नेपाल भेनियर उत्पादक संघको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलसँग पनि सहकार्यका लागि कुराकानी भइरहेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *