सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्सद्वारा तथ्यहीन समाचारप्रति आपत्ति

Share

झापा, सिम्रिक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले आफ्नो संस्थासम्बन्धी केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले शनिबार प्रेस नोट जारी गर्दै हाल सार्वजनिक गरिएका केही समाचार तथा सामग्री तथ्य, प्रमाण र आधिकारिक स्रोतको पुष्टि नगरी सम्प्रेषण गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार यस्ता तथ्यहीन, भ्रामक तथा एकपक्षीय सामग्रीले संस्थाको प्रतिष्ठा, सेवाग्राहीको विश्वास तथा व्यावसायिक छविमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले विषयलाई गम्भीरतापूर्वक लिइएको छ।
प्रेस नोटमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग आवश्यक जानकारी तथा धारणा लिएर मात्र प्रमाण र आधिकारिक स्रोतका आधारमा सामग्री सम्प्रेषण गर्न सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।
साथै, कम्पनीले आफू सत्य, पारदर्शिता, उत्तरदायित्व तथा गुणस्तरीय सेवाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै भ्रमपूर्ण, कपोलकल्पित तथा अपुष्ट समाचार वा सामग्री सम्प्रेषण गरी संस्थाको प्रतिष्ठामा क्षति पुर्‍याउने व्यक्ति वा संस्थाविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।
उक्त प्रेस नोट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा जारी गरिएको हो।

ताजा समाचार