कमल गाउँपालिका मा पोषण कार्यक्रमको तथ्याङ्क विश्लेषण सम्पन्न

ताजा समाचार मुख्य समाचार स्वास्थ्य

दमक/ कमल गाउँपालिकामा सञ्चालन भइरहेको “सुनौला हजार दिनका आमाहरूलाई पोषण विशेष अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रम” तथा “पोषण सम्बन्धि कार्यक्रम (समुदाय स्तरमा)” अन्तर्गत संकलित तथ्याङ्कको विश्लेषण सम्पन्न गरिएको छ ।
कार्यक्रममा समुदाय स्तरबाट संकलन गरिएको पोषण लेखाजोखा सम्बन्धि तथ्याङ्कको विश्लेषण गर्दै बालबालिका तथा आमाहरूको पोषण अवस्थाबारे विस्तृत समीक्षा तथा छलफल गरिएको थियो । विश्लेषणका क्रममा ५ वर्षमुनिका बालबालिकाको MUAC मापन, Z-Score परीक्षण तथा कुपोषणको अवस्थाबारे प्राप्त तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
स्वास्थ्य शाखाका अनुसार कुल ९१७ जना ५ वर्षमुनिका बालबालिकाको पोषण परीक्षण गरिएकोमा ४७२ बालक तथा ४४५ बालिका सहभागी रहेका थिए । MUAC परीक्षण अनुसार ६७८ जना बालबालिका सामान्य अवस्थामा रहेका, २३ जना मध्यम कुपोषित तथा ३ जना गम्भीर कुपोषणको अवस्थामा रहेको पाइएको छ । त्यसैगरी Z-Score परीक्षण अनुसार ५५१ जना सामान्य अवस्थामा रहेका, २० जना जोखिमयुक्त/शिथ्र कुपोषित, २६ जना मध्यम कुपोषित तथा ३ जना कडा शिथ्र कुपोषित अवस्थामा
रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यक्रममा ५० जना गर्भवती तथा १२३ जना सुत्केरी महिलाको समेत सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहाल ले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत, वरिष्ठ लेखा अधिकृत, ८ वटै स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य कार्यालय झापा का जनस्वास्थ्य निरीक्षक बालकृष्ण गौतम को उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य सुनौला हजार दिनका आमाहरूमा पोषण सम्बन्धि ज्ञान तथा व्यवहार सुधार गर्नु, ५ वर्षमुनिका बालबालिकाको पोषण अवस्था परीक्षण तथा अभिलेखीकरण गर्नु, कुपोषित बालबालिकाको पहिचान गरी आवश्यक परामर्श तथा फलोअप गर्नु तथा समुदाय स्तरमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ ।

कार्यक्रम कमल गाउँपालिकाका विभिन्न वडा तथा टोल/समुदायमा सञ्चालन गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, गर्भवती तथा सुत्केरी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममार्फत पोषण सम्बन्धि परामर्श, स्तनपान, पूरक आहार, सरसफाइ तथा कुपोषण न्यूनीकरण सम्बन्धि अभिमुखीकरण प्रदान गरिएको थियो ।
तथ्याङ्क विश्लेषण पश्चात “स्थानीय तहमा नमूना पोषण विशेष कार्यक्रम सञ्चालन” कार्यक्रम अन्तर्गत प्रत्येक वडाका २/२ स्थानमा समुदाय स्तरमा पोषण अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार हाल कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ले पोषण सुधार, कुपोषण न्यूनीकरण तथा समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउँदै आगामी दिनमा समेत कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *