झापा — निर्वाचन आयोग नेपाल ले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकहरूले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्नेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्नेछ। फाराम भर्दा फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको छ।
यसका साथै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाट समेत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ।
Share
