दमक/झापा जिल्लाको दमक नगरपालिका–४ निवासी पाँच वर्षीया बालिका मानस्वी आचार्यको बिर्तामोड नगरपालिका–५ मा तीन तलाबाट खसेर दुःखद मृत्यु भएको छ।
प्रहरीका अनुसार, दमक–४ का मनोज आचार्यकी छोरी मानस्वी आज बिहान करिब साढे ८ बजे बिर्तामोडस्थित आफन्तको घरमा पाहुना गएकी थिइन्। खेल्ने क्रममा उनी घरको तेस्रो तलाको झ्यालबाट अचानक खसेकी थिइन्।
गम्भीर घाइते भएकी उनलाई तत्काल B&C Hospital मा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा बिहान करिब १०:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



