एमाले झापाले सरकारविरुद्ध दमक र विर्तामोडमा खबरदारी कार्यक्रम गर्ने (विज्ञप्ति सहित)

ताजा समाचार मुख्य समाचार राजनीति

दमक/नेकपा एमाले झापाले असंवैधानिक सरकारविरुद्ध खबरदारी कार्यक्रम घोषणा गरेको छ। २०८२ पुस ८ गते बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै खबरदारी कार्यक्रम घोषणा गरेको हो।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतका विरुद्ध जवाफ दिन खवरदारी कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयाे । उहाँले लोकतान्त्रिक शक्तिहरुलाई खवरदारी कार्यक्रममा सरिक हुन आव्हान समेत गरेका छन्। पुस १० गते दमक र विर्तामोडमा खबरदारी कार्यक्रम गर्ने तयारी भएको गिरीको भनाई छ।

वर्तमान सरकारले अँध्यारो कोठामा बसेर गरेको षड्यन्त्रको नेकपा एमालेले भण्डाफोर गरी जनतालाई सचेत गराउने उदेश्यले खबरदारी कार्यक्रम गर्न लागेको अध्यक्ष गिरीको भनाई छ। प्रतिगामी तत्वहरुको षड्यन्त्र उपर मुकदर्शक भएर बस्न नसक्ने भन्दै अध्यक्ष गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता बिरुद्ध अनेक किसिमका बहानावाजी, षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको जानकारी दिनुभयाे । उहाँले लोकतान्त्रिक शक्तिहरु अब सरकारका सबै खाले षडयन्त्र विरुद्ध सडकमा आउने धारणा राखेका थिए ।

पालिका वडा र टोलसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर, वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालहरुबाट हुन सक्ने हुल हुज्जतलाई जवाफ दिन गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा गर्न समेत अपिल गरेको छ। पार्टीले विविध प्रदर्शनका थप कार्यक्रमहरु क्रमागत रुपमा आयोजना गर्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

जारी विज्ञप्तिमा भनिएको छ, गत भदौं २४ गतेको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरुको लामो योजना र षड्यन्त्रको परिणाम हो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *