मंसिर २७ गते नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा गर्छौँ : शंकर पोखरेल

ताजा समाचार मुख्य समाचार

झापा/नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा ठूलो जनसभा आयोजना गर्ने बताएका छन् ।

आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने बताएका हुन् ।

जनसभाबाट जनता कसको साथमा छन् भन्ने देखाउने उनको भनाइ छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन नसक्ने उनले स्पष्ट पारे ।

प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनको भनाइ छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *