झापा/ राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी बिमला घिमिरे निर्वाचित हुनु भएको छ । बुधबार सभामा भएको मतदानको क्रममा उहाँको पक्षमा ३९ मत प्राप्त भयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ५५ जना उपस्थित सभामा घिमिरेले पाएको मत संख्या बहुमत भएकाले उहाँ निर्वाचित भएको घोषणा गर्नु भयो ।, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उहाँ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।
उपाध्यक्ष घिमिरेको संक्षिप्त चिनारी
राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित बिमला घिमिरे २०७६ फागुन २१ देखि सभामा सदस्य घिमिरे पञ्चायतकाल देखिनै प्रगतीशिल आन्दोलनमा सक्रिय रहँदै आउनु भएको छ । २०४७ साल देखि नेकपा एमालेको राजनीतिमा लाग्नु भएकी उहाँ तत्कालिन समयमा अखिल नेपाल महिला संघमा आवद्ध हुनु भयो । २०४९ देखि नेकपा एमालेको ईलाका कमिटी सदस्य हुँदै उहाँले कपिलबस्तु जिल्ला कमिटि उपसचिव र सचिव समेतको कार्यभार सम्हालि सक्नु भएको छ ।
एमालेको राष्ट्रिय प्रतिनिधी परिषद सदस्य, पार्टी केन्द्रि स्कुल विभाग सदस्य, अनेमसंघको केन्द्रिय कमिटी हुँदै स्थाई कमिटिमा समेत उहाँले सक्रियता पूर्वक आफुलाई अग्रभागमा उभ्याउँदै आउनु भएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य समेत रहेर पार्टी र राजनीतिको मूलप्रवाहमा स्थापित गर्नु भएकी घिमिरे नेपाली महिला मुक्ति आन्दोलनको एक स्थापित नाम पनि हो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



