दमक /लोकतान्त्रिक ब्याबस्था बिरुद्द लागेका प्रतिगमनकारी तत्वकोलाई खबरदारी गर्ने उदेश्यले आज झापाको दमकमा बिशाल जनप्रर्दशन तथा जनसभा हुदै छ ।नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजननामा हुने जनसभालाई प्रधानमन्त्ती एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न कार्य्रकम रहेको कोशी प्रदेश ईन्चार्ज शेरधन राईले जानकारी दिनुभयो ।जनजागरण सभामा एक लाख मानिस उतार्ने दाबी गरिएको छ ।दमक ७ स्थित पशुहाटमा हुने सभाको प्रचारका लागि हिजो मोटरसाइकल र्याली आयोजना गरेको थियो नेकपा एमालेका स्थायी कमिटी सदस्य राईले कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने जानकारी दिए । सभा स्थलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा राईले संघीय लोकतान्त्रीक गणतन्त्र माथि औला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताए ।
चैत १५ गते काठमाण्र्डाैँमा हिंसा भड्काउने, लुटपाट गर्ने समुहलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए । प्रतिगमनकारी शक्तिहरुलाई हामी जवाफ दिन चहान्छौ, परिवर्तनको पक्षमा जनता जुनसुकै मुल्य चुकाउन तयार रहेका छन्, राईले भने, संघीय लोकतान्त्री गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रुपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् । उनले सबै खाले यस्ता अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



