कमल /झापाको कमल गाउँपालिकाले चालू चालू अर्थिक बर्ष २०८१/८२ को अर्धबार्सिक सार्वजनिक सुनवई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कमल २ स्थित कमलेश्वरी सहकरी सस्थाको भवनमा गाउपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिकाका भएका बिकास निर्माण,प्रशासनिक कार्य,नीति निर्माणको सम्बन्धमा सार्बजनिक कार्यक्रम गरेको हो ।
भिन्न मिडिया एण्ड रिसर्च प्रा.लिले सहिजीकरणमा भएको उक्त कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशब कुमार ढकालले चालू आर्थिक बर्षमा भएका आर्थिक प्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो । यस्तै भिन्न मिडियले सेवाग्राहीहरुसंग पुगेर संकलन गरेको नागरिक बर्हिगम अभिमत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पहिलो र दोस्रो चरणमा ६ जना सहभागीहरुले प्रश्न राखेका थिए ।जसमा सहभागीका तर्फ बाट देबु चापागाई, एल वि तामाङ, ख्यामराज खनाल, उमाकान्त निरौला, सोमनाथ भण्डारी लगायतले सडक, विद्युत,जंङ्गली हात्तिको समाधान,स्वस्थ्य र कर्मचारी व्यास्थापन लगायतका विषयका जिज्ञासा राखेका थिए ।सहभागीका तर्फ बाट राखिएका विज्ञासाको गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकालले जवाफ दिनु भएको थियो ।कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी,कर्मचारिको उपश्थिती रहेको थियो ।