दमक/दमकमा रहेको गड मोदर एकाडेमी एण्ड टेक्नोलोजीले १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शुक्रबार आफ्नो विद्यार्थीहरुको बिबिध प्रस्तुति सहित मनाएको छ ।
प्रदेश सभासद माननीय होम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले कदम थिएटरको सहकार्यमा तयार पारेको सचेतना मुलक नाटकको बिशेश प्रदर्शन गरिएको थियो । उलेख्य अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुको नृत्य र गायनबाट अभिभावकहरुलाइ बिशेष मनोरन्जन प्रदान गर्दै विद्यार्थीहरुले बर्ष दिन भरी अतिरिक्त कार्यक्रमका बिजेताहरुलाइ मेडल , ट्रफी तथा प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
बिशिस्ट अतिथितिमा दमक नगरका प्रवक्ता दिपेश दाहाल ,प्याब्सनका केन्द्रिय सदस्य श्रावण पोखरेल , कोसी प्याब्सनका बरिस्ठ उपाध्यक्ष कोसराज प्याकुरेल रहेको कार्यक्रममा बिद्यालयको प्रस्तावित आधुनिक भवन समेत सार्वजनिक गरिएको थियो ।
बिद्यालयका सस्थापक प्रीन्सिपल सागर सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन रश्मि उप्रेतीले गरेकी थिईन ।