दमक /दमकस्थित दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीलाई ४४ मतअन्तरले पराजित गर्दै बस्नेत सभापतिमा निर्बाचित भएका हुन् । बस्नेतका पक्षमा ६६८ मत खसेको थियो ।अधिकारीका पक्षमा ६२४ मत खसको निर्बाचन समितीले जनाएको छ ।
यस्तै सचिबमा अनेरास्यबियूका राकेश खड्का, कोषाध्यक्षमा अनेराष्यबियूकै प्रिती मगर निर्बाचित भएका छन् ।
यस्तै सदस्यहरुमा अनेराष्यबियूका आरती बास्कोटा एन्जिना राई ,प्रास्ना भट्टराई,प्रितम पौडेल यूनेश न्यौपाने निर्बाचित भएका छन् ।अनेराष्यबियू क्रान्तिकारीका प्रशान्त ताजपुरिया र दुर्गा पौडल निर्बाचित भएका छन् ।यस्तै नेपाल बिद्यार्थी संघकी स्मारिका श्रेष्ठ निर्बाचित भएकि छिन ।क्याम्पसमा कुल मतदाता ३७०३ मध्ये १९५६ मत खसेको थियो ।जसमा ८८ मत बदर रहेको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



