झापा/राजनीतिक दलहरुको जनमत संग्रहकै रुपमा लिइने क्याम्पसहरुको स्ववियु चुनावी प्रकृया चलिरहेको छ । हिजो मनोनय दर्ता भएको स्ववियु चुनावको आज अन्तिम नामावली सार्वजनिक हुँदैछ । मनोनय दर्तासँगै कतिपय क्याम्पसहरुका एकल तथा सहमतिमा उम्मेदवारी परेका छन् । जसका कारण निर्विरोध नयाँ नेतृत्व चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका १६ क्याम्पस छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ । त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ । यस पटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ ।
यी हुन् अनेरास्ववियुका सभापतिमा निर्विरोध १६ क्याम्पस :
१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला । २. शिक्षा क्याम्पस बैतडी, अकबर चन्द । ३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी । ४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार । ५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द । ६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला । ७. मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन । ८.बझाङमा सेती क्याम्पस, दिपेन्द्र दौल्याल । ९. दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला । १०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री । ११.दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विष्ट । १२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली, ओमकार पाल । १३) बैतडीको नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द । १४) संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चेतन भण्डारी । १५. देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने । १६) चितवनको आद्र्श बहुमुखी कलेज, अनुज न्यौपाने ।

Share