मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

ताजा समाचार मुख्य समाचार हाम्रो झापा

झापा/कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ ।
बिर्तामोड–५ स्थित देबी माविमा यही जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतले स्थलगत निरीक्षण गर्नुभएको हो ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान प्रविधि विभागले आयोजना गर्न लागेको प्रदेश स्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रम स्थलको अवलोकन गर्दै उपयुक्त ठाउँमा राम्रो तयारी भइरहेको मन्त्री राईले प्रतिक्रिया दिनुभयो । सो टोलीलाई विभागका प्रमुख गणेश पोखरेलले अहिलेसम्मको तयारीको सन्दर्भमा जानकारी गराउनुभएको थियो ।
अवलोकनका क्रममा नेकपा एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, विद्यालयको प्रधान्यापक अम्बिका श्रेष्ठ, विज्ञान शिक्षक लिला भण्डारी, उमेश शाह लगायतको उपस्थिति रहेको थियो ।
एनसेलले मुख्य प्रायोजन गर्ने प्रतियोगितात्मक विज्ञान प्रदर्शनीमा १ सय विद्यालयको सहभागिता रहने विभागका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा अधिकांश स्टलहरु बुकिङ भइसकेको छ भने एलइडीसहितको स्टलबाट प्रदर्शनी देखाइने छ । रोवटिक एसोशिएसनले रोवर्ट प्रदर्शनी गर्ने छ भने राम लक्ष्मण इनोभेशन प्रालिले भोटिङ मेसिनसहित ७० प्रकारका मेसिनको प्रदर्शनीसहित जानकारी गराउने छ ।
प्रदर्शनीमा काठमाडौंको मेगा, एम्बिशन, नेपाल इन्जिनियरिङ कलेजहरुले स्टल बुकिङ गरिसकेको पोखरेलले जानकारी दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *