यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

यसपटक एसईईमा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार ९२०८०० र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार ९२०७८–०७९० ले फारम भरेका छन् ।

Share

झापा /आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।
विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ ।
प्रदेश–प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ ।
प्रश्नपत्र छपाइसँगै जिल्ला जिल्लामा प्रश्नप्रत्र पु¥याउने काम भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट जिल्ला जिल्लामा प्रश्नपत्र पु¥याइने छ । उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले नै छपाइ गरेर परीक्षा केन्द्रमा पठाउने छ ।
परीक्षा केन्द्रको सुरक्षाको व्यवस्था गृहमार्फत जिल्लास्थित सुरक्षा निकायबाट हुने निमित्त नियन्त्रक ज्ञावालीले बताए । परीक्षाको समयमा हुल बनाएर अनुगनम जान भने रोक लगाइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् ।

ताजा समाचार