कोशी प्रदेशमा सञ्चार माध्ययम सुधारका लागि एमालेले समिति गठन गर्‍यो

ताजा समाचार राजनीति

विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ।

उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ।

बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो।

समितिमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा, तथा सदस्यहरू मोहनकाजी न्यौपाने र सुमन पुरी रहेका छन्।

कोशी प्रदेशमा हाल ५२९ पत्रपत्रिकाहरू र २१६ अनलाइन डिजिटल पत्रिका रहेका छन्। यद्यपि, तिनको अवस्था, सामना गरिरहेका चुनौतीहरू, तथा सुधारका उपायबारे अध्ययन गरी प्रदेश सरकारले गर्न सक्ने प्रयासबारे सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो।

बैठकका प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले सञ्चार माध्ययमहरूको पछिल्लो अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकार र पार्टीले मिडिया क्षेत्रको विकास र सुधारका लागि सधैं प्रतिवद्ध रहने बताउनुभयो।

बैठकमा अनलाइन मिडियाको वर्तमान अवस्थाबारे सुमन पुरी र छापा माध्यमबारे देवेन्द्र कार्कीले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

ती प्रतिवेदनहरू उपर छलफल गर्दै प्रदेशका मिडियाहरू समाज र प्रदेशकै साझा सम्पत्ति भएकाले तिनको जगेर्ना गर्न विशेष योजना ल्याउने विषयमा बैठकमा छलफल भएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले बताउनुभयो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *