दमक/झापाको दमक नगरपालिकाको चालू आर्थिक बर्ष २०८१ ०८२ को अर्धबार्षिक ६ महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका,विभिन्न विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा नगरपालिको भवानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।कार्यक्रममा दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले चालू आर्थिक बर्षमा नगरपालिकालेगरेका काम उपलब्धीको चर्चा गर्नुभएको थियो ।
दमक नगरपालिकाको आयोजना र भिन्न मिडीया एण्ड रिसर्च प्रालिको संयोजन र सहजीकरणमा कार्यक्रममा सयौको संख्यामा उपश्थिती रहेको थियो ।
कार्यक्रममा पहिलो र दास्रो चरण गरि १० जना नागरिकहरुले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले विकास निर्माणका विभिन्न पक्षहरुको विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
नागरिकहरुको प्रश्नको जवाफ नगरपालिका प्रमुख रामकुमार थापा उपप्रमुख रेगिना भट्टराई प्रसाई प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले दिएका थिए ।प्रश्नको जबाफ दिदै नगरप्रमुख थापाले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा भिन्न मिडीय एण्ड रिसर्चका तर्फबाट नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गरेको थियो । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ ।

Share