झापा/बैशाख कृष्ण औशीका दिन मनाईने मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिनलाई झापाको दमक ८ मा सञ्चालित पूर्वाञ्चल मन्टेश्वरीका बालबालिकाहरुले विशेष रुपमा मनाएका छन् । बिद्यालयले बिद्यार्थीका आमा अभिभावकहरुसँग माता औंशी मनाउने कार्यक्रमको तारतम्य मिलाएको हो ।
बिद्यार्थीहरुलाई आफ्ना मौलिक चाडपर्व र संस्कृतिहरुका बारेमा समेत प्रयोगात्मक विधिबाट सिकाउने उद्धेश्यले आइतबार परेको माता तिर्थ औंशी महत्वसाथ मनाइएको बिद्यालयका संस्थापक निर्देशक माधव भट्टराईले जानकारी दिए ।विद्यालयमा बालबालिका तथा अभिभावकहरूसँग विविध सांगीतिक कार्यक्रम , माया चिनो आदनप्रदान गर्दै माता तिर्थ औंशी मनाइएको उनले बताए ।
धर्म संस्कृति रितिरिवाज र चालचलनलाई विद्यालयले अभिभावक र बालबालिकासँगै राखेर विविध कार्यक्रमहरूसहित मनाउने गरेको बिद्यालयकी प्रिन्सिपल सविता पोखरेलले जानकारी दिइन् ।
माता तीर्थ औँसी विशेष कार्यक्रममा बालबालिकाहरूले आफ्ना अभिभावक ज्यूहरुलाई मिठा परिकारहरु खुवाएर पूजा गरी टीका लगाई विशेष उपहार समेत दिएर सम्मान गरेका थिए ।सो अवसरमा संस्थापक निर्देशक भट्टराईले शुभकामना दिँदै माता औंशीको महिमाबारे जानकारी गराएका थिए ।अभिभावकहरुको तर्फबाट त्रिलोचन पोखरेलले यस्ता कार्यक्रमहरूले बालबालिका र अभिभावक बीच झन् प्रगाड सम्बन्ध कायम राख्ने साथै आफ्ना परम्परा र संस्कार, संस्कृति बारे पनि भावी पुस्तालाई ज्ञान बढ्ने भन्दै प्रशंसा गरे । सो बिद्यालयका अभिभावक गोविन्द निरौलाले बालबालिकाहरुमा यस खाले कार्यक्रमका माध्यमबाट चौतर्फी ज्ञानको बिकासमा मद्धत पुग्ने प्रतिक्रिया दिएका छन् ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



