पाठेघरको मुखको क्यान्सर रोक्न खोप अभियान

Share


दमक /पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि किसोरीहरुलाई लक्षित गरि एच.पी.भी. खोप अभियान झापाको दमकमा पनि सञ्चालन हुने भएको छ ।
यहि माघ २२ गतेदेखि २९ गतेसम्म नगरका सामुदायिक र संस्थागत गरेर ८१ वटा बिद्यालयहरुमा खोप केन्द्र तोकेर यस्तो खोप दिन लागिएको हो ।
खोप अभियान यो बर्ष चल्ने र अर्काे बर्षदेखि नियमित खोपका रुपमा एच.पी.भि प्रदान गरिने दमक स्वस्थ्य शाखा प्रमुख ब्रजेस कुमार मेहेताले जानकारी दिनुभयो ।
यसपटक अभियानका क्रममा दमकका ६ हजार ५ सय २३ जनालाई एचपीभि खोप लगाईने प्रमुख मेहेताले बताए ।
सरकारले देशभरि सञ्चालन गर्न लागेको यो अभियानका क्रममा तोकिएको उमेर समुहका किशोरीहरुको कूल जनसङख्याको ९० प्रतिषतलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
नेपालमा बर्षेनी २ हजार १६९ जना महिलालाई बिभिन्न प्रकारको क्यान्सरबाट मृत्यु हुने गरेकोमा ६१ प्रतिषतको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङक छ ।
जसको आधारमा नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको बताईन्छ ।
पाठेघरको मुखको क्यान्सर सन् २०३० सम्ममा निबारण गर्ने सरकारको लक्ष्य राखिएको छ ।त्यसैका लागि नेपालमा पनि यस्तो अभियान र खोप दिने कार्यक्रम ल्याईएको हो ।

ताजा समाचार