राष्ट्रिय अपाङ्ग संगठन नेपालको १७ औ स्थापना दिवस सम्पन्न

ताजा समाचार राजनीति

झापा/ नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालको १७ औ स्थापना दिवस राजधानीमा सम्पन्न भएको छ । संगठनका उपाध्यक्ष डा. लक्ष्मण प्रसाद ज्ञवालीको अध्यक्षता तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ्गता संगठन नेपालका ५० भन्दा बढि नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
भृकुटिमण्डप काठमाण्डौँमा आयोजना गरिएको स्थापना दिवस विशेष कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै अपाङ्गता संगठनका उपमहासचिव निर्मला धितालले पार्टीले आफ्ना संघिय संरचना देखि राजकिय जिम्मेवारीमा पनि अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सूनिश्चितता गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
स्थापना दिवस विशेष कार्यक्रममा अपाङ्गता संगठनको तर्फबाट शुभकामना व्यक्त गर्नुहुदै संगठनका उपाध्यक्ष रमेश लामाले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार स्थापनाको लागि नेकपा (एमाले) ले मात्र महत्तवपूर्ण भूमिका खेल्न सक्ने र पार्टीको नीति कार्यक्रमलाई अपाङ्गता समुदायमा जोड्न संगठनले विशेष भूमिका खेलिरहेको बताउनुभयो ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालका महासचिव जगदीश प्रसाद अधिकारीले संक्षिप्त रुपमा संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै आगामी चैत्र महिना भित्र संगठनको राष्ट्रिय सम्मेलनका लागि तिब्र रुपमा लागिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुहुदै नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् राष्ट्रिय अपाङ्ग संगठन नेपालका इन्चार्ज धर्मदत्त देवकोटाले अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिताको विषयमा पार्टी कमिटीमा कुराहरु समावेश गर्ने र संगठनलाई देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरुको आवाज बुलन्द पार्ने संगठन स्थापित गर्न आफ्नो कार्यकालमा भरपुर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
विं.सं. २०६५ सालमा विधिवत रुपमा स्थापना भएको राष्ट्रिय अपाङ्गता संगठन नेपालको १७ औ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मुलत अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिताको विषयमा आफ्नो ठाउँबाट विशेष भूमिका खेल्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । त्यस्तै स्थायी कमिटी सदस्य एवम् पार्टी प्रचार विभाग प्रमुख गौतमले संविधान संसोधनको विषय उठिरहेको भएर अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई संविधानको मौलिक हकमै लिपिबद्द पार्न आवश्यक रहेको बताउनुभएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *