एसईईमा सहभागी हुने बिद्यार्थीका लागि आवेदन खुल्ला

ताजा समाचार शिक्षा

झापा/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसईई ) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ।  बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। प्रति परीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ सहित शुक्रबारदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ । 

तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै बोर्डले आवेदन फाराम नभर्ने विद्यार्थीले एसइई- २०८१ मा सामेल हुन नपाउने जनाएको छ ।

२०७८ र २०७९ सालको नियमित वा ग्रेडवृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त परीक्षार्थी वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरुले ग्रेडवृद्धि गर्न चाहेमा ती विषयमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको  छ।  २०८० सालको नियमित वा पुरक परीक्षाका परीक्षार्थीहरुले एनजी भएका र अनुपस्थित भएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फाराम भर्नुपर्ने सूचनामा जनाइएको छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *