तराई-मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने मन्त्री दाहालको भनाई

ताजा समाचार राजनीति

काठमाडौँ /भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् ।

मन्त्री दाहालले शनिबार द्रुतमार्गको सुरुविन्दु खोकनादेखि बुंगमती हुँदै फसिडोलसम्मको निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताए ।

‘यो फास्ट ट्र्याक तराई र काठमाडौँ जोड्ने लाइफलाइन हो,’ निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थानविन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहुँदैन, सबै निकायबाट समाधानको विकल्प खोजी गर्नुपर्छ ।’

सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक तथा परम्परागत मान्यता र अस्थाहरूको संरक्षण गर्दै निकास निकाल्नु पर्नेमा जोड दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *