अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी

अन्तर्राष्ट्रिय ताजा समाचार

वासिङटन डिसी ।अमेरिकाको ४७ औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित हुनुभएको छ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रक्षेपण गरेका छन् ।
ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
उहाँ अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक विजयी हुनुभएको हो । बीबीसीका अनुसार ट्रम्पले हालसम्म २ सय ७९ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ । जितका लागि २ सय ७० मत आवश्यक पर्छ । यता, डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले २सय २३ इलेक्ट्रोरल मतमा पाउनुभएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पलाई विश्वभरका नेताले बधाई दिइरहेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *